सुगम र अन्जुको स्वरमा प्रेमिल गीत ‘इन्द्रेणी’


काठमाडौँ । गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक गरिएको छ। शुक्रबार ‘आइ एम इन्टरटेन्मेन्ट’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडियाे उति नै रोमान्टिक छ। भिडियाेमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन्। यी दुईको प्रेम अनि रोमान्सलाई भिडियाेमा देख्न सकिन्छ। भिडियोमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडियोलाई झनै आकर्षक बनाएको छ ।

सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। गीतमा उदय राज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ। राजिव समरको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङको सिनेमाटोग्राफी छ। गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.