म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक (भिडियो)


काठमाडौँ। म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक गरिएको छ। बाबुल गिरीको स्वर र संगीत रहेको गीत सुन्धारा स्थित सिने दि सेफ सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। रामहरी खड्का शब्द रचना रहेको छ। सार्वजनिक भिडियोमा बैदेशिक रोजगारीमा जाने युवाको पिडा झल्काईएको छ। सानो झुटका कारण भित्रि कुरा नबुझी निर्णय लिंदा हुने असरको कथा भिडियोले बोल्छ। गाउँ समाजमा घटेका घटना हरुलाइ यथार्थ रुपमा यो गिती कथा मार्फत देखाउन खोजिएको छ।

नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा आरआर खड्का,तलिसा गुरुङ,महेश खड्का,घनश्याम जोशी,बिक्रम खनाल,रमेश न्यौपाने,अर्जुन श्रेष्ठ र बालकलाकार रोनिश खड्काको अभिनय रहेको छ। शिशिर अर्यालको स्क्रिनप्ले रहेको म्युजिकल फिल्मको छायाँकन दिनेश परजुलीले गरेका हुन् भने सम्पादन शिलन लम्सालले गरेका हुन्। म्युजिकल फिल्म ‘प्याकुली’ आर आर स्टुडियोको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.