कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ अफिसियल घोषणा


काठमाडौँ। हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ। आज राजधानी काठमाडौँमा रहेको जनता टेलिभिजनको हलमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो। रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम कम्पिटिसन होइन। कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन,म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ।

देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ बर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समनअधिकारीले बताए । मासिक तलवमा काम गर्ने रोजगारी सृजना गर्ने उदेश्यले यो शो निर्माण गर्न लागिएको अधिकारीले जानकारी दिए ।

चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन हुने उनले बताए। आजैबाट डिजिटल अडिसन सुरु भएको छ। डिजिटल अडिसनको लागि 9763233685 नम्बरमा २ मिनेट सम्मको भिडियो बनाएर व्हाट्स एप मार्फत पठाउन सक्नेछन् ।

कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा.विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरै जनाले रोजगारी पाउने बताए।
कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोश खनाल, सुदिप खतिवडा,सरोज भण्डारीले प्रशिक्षण दिनेछन्।
कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्।

लोगो र प्रोमो सार्वजनिक कार्यक्रममा जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य,म्युजिक नेपालको प्रतिनिधि मन्दिरा ढुंगेल लगाएतको उपस्थिति रहेको थियो।

फोटो- बद्री थापा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.