‘मिष्टर नेपाल २०२४’ ३८ प्रतियोगी सेलेक्ट


काठमाडौंँ । ‘मिष्टर नेपाल २०२४’ का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । देशभर आयोजित अडिसनमा हजारौ सहभागीबाट ३८ प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगीमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी ( नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य ( हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी. अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ) सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान ( विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आबिस्कर खड्का ( बुटवल) सुभम बर्नवाल, अनिकेत प्रजापति (नेपालगञ्ज) रहेका छन् ।

प्रशिक्षणका क्रममा प्रतियोगीले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणबाट आफुलाई निखार्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । देशभर छरिएर रहेका युवाहरुलाई सहभागीताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न प्रतियोगीता आयोजना हुँदै आएको धमलाको धारणा रहेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कारमा बिभिन्न गिफ्ट समेत जित्न सक्ने नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।