अभिनेता हमाल भट्टराईको सिनेमामा अनुबन्धित


काठमाडौं। अभिनेता राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको अनटाइटल सिनेमामा अनुबन्धित भएका हुन् ।

आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको सिनेमामा काम गर्ने भएको जानकारी दिएका छन् ।

सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’ आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको सिनेमाको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ ।