बाल मनोविज्ञानको कथामा सिनेमा ‘रोल नं १’ निर्माण हुने


काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर सिनेमा ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

सिनेमामा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । थिम पोस्टरमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । चलचित्रको अन्य कास्ट र क्रुको बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन। सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पुरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.