‘वर एण्ड बधु’को नयाँ गीतः ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक


काठमाडौँ। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द यो गीतमा छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ ।

गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो सिनेमामा जानुका थापाको लगानी छ । अमृत रिजाल सिनेमाका कार्यकारी निर्माता हुन् । सिनेमामा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

सिनेमाको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । यो फिल्मको पहिलो गीत ‘तिमी सँग’ले दर्शकको साथ पाइरहेको छ । सार्वजनिक दोस्रो गीतले पनि दर्शकको माया पाउने विश्वास गर्न सकिन्छ ।

यो सिनेमामा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । भदौको १४ गतेबाट यो फिल्म विश्व भर एकसाथ रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.