‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’(भिडियो)


काठमाडौँ । साउन ३२ गतेदेखि पुन: प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो ।

गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङको काम बाबुलले नै गरेका छन् । गीतमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय बिराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टले निर्माण गरेको सिनेमा ‘बुलाकी’ ले नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त गरेको थियो ।

लक्ष्मण सुनार निर्देशित स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् । सिनेमामा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायतको पनि अभिनयमा छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.