‘रावायण’ को फस्टलुक पोस्टरमा रिसाएका पल


काठमाडौं । आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘रावायण’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फस्टलुकमा अभिनेता पल शाह फिचर्ड छन् । फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा देख्न सकिन्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ ।

सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको सिनेमाको निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् ।

सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।

सिनेमामा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ । सिनेमाको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।