‘एनसीआईएफएफ’ को छैटौं संस्करण राष्ट्रियतर्फ ३४ र अन्तराष्ट्रियतर्फ १०८ चलचित्र छनोट


काठमाडौँ। छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव(एनसीआईएफएफ) आयोजना हुने भएको छ । जनवरीको अन्तिम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्रियतर्फ ३४ ओटा र अन्तराष्ट्रियतर्फ १०८ ओटा चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनोटमा परेका छन् ।

राष्ट्रिय चलचित्रहरुमा बुलाकी, पुजार सार्की, एक भगवत एक गीता, विच्छेद, पखेटा, डेसान, डेस्टिनी छन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्ररुमा रित्तो गाउँ, द स्कुल वाल, डाकिनी, निर्देश, थ्रेसहोल्ड, बालक हराएको सुचना, आदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै चलचित्र, लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ ।

सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.