विवाहित महिला लक्षित ‘मिसेस पुर्बेली आईकन’ आयोजना हुने


इटहरी। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा हुने यो प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए ।

विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई ‘मिसेस पुर्बेली आईकन-२०२४’ उपयुक्त माध्यम बन्न सक्ने निर्देशक श्रेष्ठको भनाई छ । यो प्रतियोगिताको पहिलो अडिसन यहि शनिबार अर्थात श्रावण १२ गते इटहरीमा हुनेछ ।

अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्नेछ भने कोशी प्रदेशका जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र मोटाईको भने कुनै हद तोकिएको छैन् । विजेताले ५० हजार नगद सहित अन्य थुप्रै उपहारहरु पाउनेछन् । ‘मिसेस पुर्बेली आईकन-२०२४’को ग्राण्ड फिनाले भदौको अन्तिममा इटहरीमै हुने आयोजकले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.