डकुमेन्ट्री ‘इँटा भट्टा’ बार्सिलोना फिल्म फेस्टिभलमा छनोट


काठमाडौँ । सर्ट डकुमेन्ट्री ‘‘इँटा भट्टा, द किलिंग किल्न’’ बार्सिलोना फिल्म फेस्टिभलको लागि अफिसियल छनोटमा परेको छ । सप्तरीको राजविराज नगरपालिका निवासी युवा सुरेश मुखियाद्वारा लिखित तथा निर्मित शर्ट डकुमेन्ट्री ‘इँटा भट्टा’ बार्सिलोना अन्तर्राष्ट्रिय वातावरणीय फिल्म फेस्टिभलको ३१ औं संस्करणमा अफिसियल छनोटमा परेको हो ।

यो डकुमेन्ट्री सो फेस्टिभलको ‘मोनार्का सेक्सन डकुमेन्ट्री’ खण्डको प्रतिस्पर्धामा छनोट भएको निर्माता मुखियाले बताए । छनोटमा परेको इँटा भट्टा डकुमेन्ट्री यही २०२४ नोभेम्बर १ देखि २३ सम्म पेरिस’ को बार्सिलोनामा हुन लागेको फिल्म फेस्टिभलमा प्रदर्शन गरिनेछ । उनका अनुसार इँटा भट्टा वातावरणीय प्रभाव र वरपरका जन-जीवनहरुको दैनिक पीडामा आधारित छ ।

यसअघि प्रथम पटक गत वैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजित नेपाल ग्रामीण चलचित्र महोत्सव २०८० मा आधिकारिक रुपमा छनोट भएर प्रिमियर भएको,त्यसपछि जुलाई २ देखि ३ सम्म कोशी प्रदेशको विराटनगरमा आयोजित क्यानेडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४ मा पनि आधिकारिक रुपमा छनोट भएर प्रदर्शन भएको थियो।