पक्राउ परे पाकिस्तानी गायक राहत फतेह अली


एजेन्सी। चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् ।

उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् । पहिला गायकलाई प्लेन चढ्नबाट रोकिएको र पछि उनलाई हिरासतमा राखिएको र त्यसपछि मात्रै पक्राउ गरिएको बताइएको छ ।

गायक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन त्यहाँ गएको बताइएको छ । यसैबिच गायक र उनका पूर्वम्यानेजरबिचको पहिला देखिकै तनावका कारण उनी अप्ठ्यारोमा परेका हुन् । सलमान अहमदले राहतविरुद्ध दुबई र अन्य सहरहरूमा कानुनी मुद्दा दर्ता गराएको बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.