‘सतीदेवी’ लाई चलचित्र पत्रकार संघको शुभकामना


काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले ‘सतीदेवी’ चलचित्रको प्रचार,प्रसार तथा प्रवर्धनमा सघाउन देशभरका चलचित्र पत्रकारलाई आव्हान गरेको छ । संघले आइतबार जारी गरेको शुभकामना बिज्ञप्तिमा संघका पूर्व उपाध्यक्ष समेत रहेका बरिष्ट चलचित्र पत्रकार लक्ष्मण सुवेदी निर्मित,निर्देशीत ‘सतीदेवी’ ले नेपाली समाजमा नारीमाथि हुने गरेको पक्षपात,अबहेलना,थिचोमिचो तथा छोरा र छोरीबीच गरिदै आएकोे भेदभावजस्तो सामाजीक बिकृतिको बिषयलाई पर्दामा उतारेकाले यस प्रकारका मौलिक चलचित्रलाई सबैले साथ दिनुपर्ने उल्लेख गरिएको छ ।

चलचित्र पत्रकार संघको कार्यसमिति सदस्य,महासचिव हुदै उपाध्यक्ष सम्मको जिम्मेवारी बहन गरिसकेका पत्रकार,निर्देशक सुवेदीको ‘सतीदेवी’ आगामी भदौ ०७ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ । बिसुद्ध नारी प्रधान चलचित्र निर्माण गर्ने हिम्मत गरेका सुवेदीको यो चलचित्रसँग अन्य कुनै चलचित्र पनि नजुधाउनु हुन,बिशेष सहुलीयत तथा साथ दिन सूचना तथा प्रबिधि मन्त्रालय,चलचित्र बिकास बोर्ड,चलचित्र निर्माता संघ,बितरक,निर्मातालगायतका सम्बन्धीत सबै निकायलाई अनुरोध गर्दै संघले ‘सतीदेवी’ लाई पूर्ण ब्याबसायिक सफलताको कामना ब्यक्त गरेको छ ।

निर्माण क्रमदेखिनै चर्चामा रहेको ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत शीर्ष भूमिामा छिन् । निर्देशक सुवेदीकै लेखन रहेको चलचित्रमा मलिकासँगै कुलबहादुर अधिकारी,सृजना अधिकारी,रमेश बुढाथोकी,भोला सापकोटा,सन्दिपबाबु लोहनी,सन्देश लिम्बू,सुजिता शिवाकोटी,मनिषा सापकोटा,बिमल श्रेष्ठलगायत बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँले अभिनय गरेका छन् । सौराह दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वाेत्कृष्ट चलचित्र र सर्वाेत्कृष्ट निर्देशक अनि तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सवमा सर्वाेत्कृष्ट चलचित्र,सर्वाेत्कृष्ट स्क्रिप्ट र सर्वाेत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको ‘सतीदेवी’ का सार्वजनीक टिजर र गीतले पनि दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

दिलासा कृएसनले गोल्डेन स्टेज मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा निर्माण गरेको ‘सतीदेवी’ को प्रस्तुतकर्तामा दिलासा र सारा छन् भने निर्मातामा श्रीदेवी सुवेदी र बिशाल सुवेदी छन् । दर्शकमाझ प्रतिक्षित रहेको ‘सतीदेवी’ बाबु श्रेष्ठले खिचेका हुन । तारा थापाले सम्पादन,सम्राट थापाले पाश्र्वसंगीत,दीपक शर्मा र सुवास भुसालले संगीत गरेको चलचित्रको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन भने एक्शन देव महर्जनको छ । रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले बितरण गर्ने चलचित्रको ट्रेलर केही दिनमै सार्वजनीक गर्न लागीएको जानकारी निर्देशक सुवेदीले दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.