सुरज पण्डीत कसलाई भन्दैछन् ‘आउनु जिरीमा’ (भिडियो)


काठमाडौँ। गायक तथा संगीतकार सुरज पण्डीतको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आउनु जिरीमा’ बोलको गीतमा शब्द सौरभ कार्की र सुरज पण्डीतको रहेको छ। लोक लयमा बनेको रोमान्टिक गीतको भिडियोलाई राजु भट्टले निर्देशन गरेका छन्।

मोहन जोशी र प्रिन्सा शाही फिचर्ड भिडियोको छायांकन बिजय भण्डारीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। भिडियो गायक सुरजकै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। जिरीका रमणीय दृश्यहरु समेटेर तयार पारिएको भिडियोले जिरीको पर्यटकमा टेवा समेत पुग्ने निर्माण टिमले बिस्वाश लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.