सक्किगोनि टिमको सिनेमा ‘लाज शरणम्’ को औपचारिक घोषणा


काठमाडौँ। ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘लाज शरणम्’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिएको हो ।

सिनेमाको निर्माण घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । सिनेमामा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह निर्माताको रुपमा रहेका छन् ।

सुदीप बरालको छायांकन रहने सिनेमामा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यो सिनेमाबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन् । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने निर्माण टिमले तयरी गरेको छ ।