सिनेमा ‘खुस्मा’ को गीत रिलिज,रोमान्टिक बने धिरज र उपासना


काठमाडौँ। सिनेमा ‘खुस्मा’ ले आफ्नो पहिलो गीत रिलिज भएको छ । सिनेमाले आफ्नो पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत रिलिज गरेको हो ।

एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् ।

सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार धिरज मगर तथा उपासना सिंह ठकुरीको मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । गीतको भिडियोमा पूर्वी रुकुमका सुन्दर दृश्यहरु कैद गरिएको छ। यस्तै गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् ।

अशोक थापामगर सिनेमाका लेखक-निर्देशक हुन्। यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका थापाको ‘खुस्मा’ ठुलो पर्दाको डेब्यू सिनेमा हो । सिनेमा असोज ३ गते रिलिज हुनेछ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.