प्रदीपको मोबाइल फिल्मको चर्चा बिस्व भर


(सेलिब्रेटी नेपाल) काठमाडौँ
प्रदिप तिमल्सिनाको चलचित्र ‘माई होम अवे फ्रम होम’ पोर्चुगलमा आयोजना भएको मोबाईल फिल्म फेस्टिभलमा सर्वाधिक मतल्याई जून महिनाको उत्कृष्ट चलचित्र बन्न सफल भएको छ। अब यस चलचित्रले वर्ष भरिका उत्कृष्ट नौ चलचित्रहरू सँग प्रतिस्पर्धा गर्ने छ। यस चलचित्रका सम्पुर्ण प्राविधिक कार्यहरू एडिटिंग, डविंग, मिक्सिंग, कलर करेक्सन आईफोन बाटै गरिएको छ।
My-home-away
‘मेरो आमाको संवेदना र अशक्त्तताको पिडा मेरो छोरा प्रियांसु तिमल्सिनाद्वारा अभिव्यक्त गरिएको छ’ प्रदीपले भने यसरी सम्पूर्ण कार्य आईफ़ोन बाटै सम्पन्न भएको सम्भवत: यो नै एक मात्र चलचित्र हुनु पर्दछ। यस चलचित्रलाई भारतको बैन्गोलर फिल्म सोसाइटीले आफ्नो सामाजिक अभियानहरूका नीम्ति प्रदर्शनमा राख्नेछ भने द ओहियो स्टेट यूनिवर्सिटी कोलम्वस अमेरिकाले चलचित्र सम्वन्धि अध्ययन गर्ने आफ्नो बिद्यार्थीका नीम्ति प्रकाशनमा ल्याउने आध्यापन डी भी डी संग्रहमा पनि राख्ने भएको छ। उक्त डी भि डि अमेरिका लगायत क्यानाडा , यूके र अष्ट्रेलियामा पनि विक्री गरिने द जर्नल अफ शर्ट फ़िल्म सँगको सम्झौतामा उल्लेख गरिएको छ।

यो चलचित्र अमेरिकाको द ओरिजिनल आई फोन फिल्म फेस्टिभलमा अझै प्रतिस्पर्धा गरिरहेको छ भने नेपालमा पहिलो पटक आयोजनाहुन गैरहेको दृश्यांस मोबाईल फिल्ममा सार्वजनिक प्रदर्शनी गरिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.