चलचित्र ‘द्रौपदी’ मा निर्देशक पनि बिसेष भूमिकामा


काठमाडौँ। ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘द्रौपदी’ सम्पादनमा रहेको छ । दुई सेड्युलमा सम्पादन भइरहेको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए। चलचित्र ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको छ । यसको स्क्रीप्ट करिब ४ बर्ष लगाएर लेखिएको हो ।

चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी आदि कलाकारहरुको अभिनय रहेको छ । रबि ओडको संगीत रहेको चलचित्रमा, मोहन कुमार झिल्लुको छायांकन रहेको छ । ऋषिराज आचार्य , बिष्णु ठडराई (सुबास ) , प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह निर्माता रहेको चलचित्रमा कथा, पटकथा, सम्बाद तथा गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ ।

हालै ऋषिराज आचार्यले एउटा तस्बिर सार्बजनिक गरेका छन् । तस्वीरमा निर्देशक आफैंले नायिकालाई घोडामा डोर्याइरहेका छन् । तस्बिरबाट निर्देशक आफै पनि चलचित्रका मुख्य अभिनेता हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । तस्बिरले चलचित्र प्रति थप उत्सुकता थपेको छ । निर्देशक आचार्य केहि समय अघि नेपाल टेलिभिजनमा प्रसारण भएको लोकप्रिय टेलिसिरियल ‘आफन्त’ मा लेखक / निर्देशक अनि प्रमुख कलाकार बनेका थिए । चलचित्रमा उनले ‘द्रौपदी’ बाट चलचित्रमा डेब्यु गरेको अनुमान गर्न सकिन्छ ।