अन्जना पुन र पल शाहको सुहाएको जोडी (भिडियो)


काठमाडौँ। ‘मिस हङकङ नेपाल २०२३’ कि विजेता अन्जना पुन र अभिनेता पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘बधाई छ तिमीलाई’ अहिले चर्चामा छ । यो गीतको शब्द, संगीत, स्वरसँगै यसको निर्देशकीय पाटोलाई पनि दर्शकले रुचाएका छन् । साथै, पल र अन्जनाको केमेष्ट्रीलाई पनि दर्शकले मन पराएका छन् ।
युवराज चौलागाइको स्वर रहेको यो गीतमा चन्द्र ज्योती आलेको शब्द, राज कुमार बगरको संगीत छ ।

पल शाहकै निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोमा अभिनय गरेकी अन्जना ‘मिस नेपाल–२०२४’ की प्रतिस्पर्धी समेत हुन् । ‘मिस हङकङ’को उपाधि जित्नु अगाडि नै अन्जना मोडलिङमा सक्रिय थिइन् । अन्जनाले ‘कायरा बुटिक फेसन शो, टीजीआइएफ फेसन विक, हङकङ फेसन शो’मा समेत सहभागीता जनाइसकेकी छिन् । उनले, एनजीओमा समेत काम गरेकी छिन् । भिडियोका निर्देशक पल शाहले अन्जनाको काम गर्ने शैलीको पनि प्रशंसा गरे ।