काभ्रेली गीतकार विनोदको बञ्जारा सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली संगीत बजार ओरालो लागि रहे पनि नयाँ एल्बम निकाल्ने क्रम भने रोकिएको छैन। यसै क्रममा काभ्रेली गीतकार विनोद बञ्जाराले एकल एल्बम ‘बञ्जारा’ श्रोतामाझ ल्याएका छन्। एल्बमको आइतबार वरिष्ठ गायक प्रेमध्वज प्रधानले सार्वजनिक गरेका हुन्।
binod-Banjara-a
एसियन म्युजिक कम्पनीले बजारमा ल्याएको एल्बममा ‘दैब तेरो’, ‘दिप बनोस’, ‘ढाँटी ढाँटी’, ‘जुरेली चरीले’, ‘काली कमला’, ‘लचकदार’ र ‘तप तप’ बोलका गीत छन्। एल्बममा रामकृष्ण ढकाल, सत्य–स्वरुपराज आचार्य, मनोज राज, प्रमोद खरेल, रामचन्द्र काफ्ले, प्रकाश तिमिल्सिना र प्रविशा अधिकारीको स्वर रहेको छ भने राजनराज शिवाकोटी, प्रकाश तिमिल्सिना र बिजु बज्रको संगीत रहेको छ। कार्यक्रममा एक भिडियो पनि सार्बजनिक गरिएको थियो। कार्यक्रममा एल्बमसँग सम्बन्धित विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
Binod-Banjara

Copyright © 2012 - 2026 | All Right Reserved.