डोल्पामा ‘कर्णाली अन्तररास्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने


काठमाडौँ। गाउँ गाउँमा नेपाली सिनेमा,गाउँ गाउँमा पर्यटक भन्ने नारा सहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा आगामी भाद्र २ गते देखी ५ गते सम्म ‘कर्णाली अन्तररास्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। आज नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक घोषणा गरिएको हो।

नेपाली सिनेमाको बजार विस्तार संगै नेपाली सिनेमाको दर्शक बृद्दीका लागी यो फिल्म फेस्टिभलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नेत्र बिस्टले बताए । फिल्म फेस्टिभलमा नेपाली सिनेमा संगै केहि बिदेशी सिनेमाहरु प्रदर्शन गरिनेछ। स्थानीय कला संस्कृतिको प्रवर्धन संगै पर्यटन प्रवर्धनको लागी समेत यो कार्यक्रमले सहयोग पुर्याउने आयोजक टिमले बिस्वाश लिएको छ। ४७०० मिटरको उचाइमा रहेको जगदुल्ला तालमा कार्यक्रमको भब्य उद्घाटन गरिनेछ। चलचित्रको प्रदर्शनी तथा अन्य अन्तरक्रियाहरु जगदुल्ला गाउँपालिकामा गरिनेछ। कार्यक्रमको सह आयोजकको रुपमा जगदुल्ला गाउँपालिका रहेको छ। फिल्म फेस्टिभलमा काठमाडौँबाट ख्यातीप्राप्त कलाकारहरुलाई डोल्पा सम्म लगेर कार्यक्रममा सहभागी गराइनेछ। पत्रकार सम्मेलनमा कर्णाली प्रदेशबाट राजधानी आएर नेपाली सिने क्षेत्रमा सफल व्यक्तिवहरु पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी, निर्देशक राज ब.साने,निर्देशक लक्ष्मण सुनार,सेन्सर बोर्ड सदस्य भुपेन्द्र खड्का लगाएतको उपस्थिति रहेको थियो।

कर्णाली प्रदेश र डोल्पा जिल्लामै नेपाली सिनेमाको यति ठुलो कार्यक्रम सम्भवत पहिलो पटक हुन लागेको छ। चोया डिजिटल सोलुसनको आयोजनमा हुने कार्यक्रमको ब्यबस्थापन सेलिब्रेटी नेपालले गर्नेछ। सेलिब्रेटी नेपालले बिगत ३ बर्ष देखि निरन्तर ग्रामिण चलचित्र महोत्सवको सफल आयोजना गर्दै आई रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.