रियल लाइफमा जम्न नसकेकी रागिनी शीशा भित्र पनि उस्तै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
raghini-khadgiएक्सन डाइरेक्टर बाबु राजेन्द्र खड्गीकि सुपुत्री रागिनी खड्गीलाई दर्शकले याद गरेका छैनन्। राम्रा व्यानरले न पत्याएर हो वा उनको भूमिकाको कारण। उनि अभिनित चलचित्र ‘भेटी’, ‘मेरो जीवन साथी’ असफल भए। त्यसैले स्टारपुत्री हुँदा पनि चलचित्रमा जम्न निकै संघर्ष गर्नु परेको छ। तर रिलिजका क्रममा रहेको ‘शीशा’ ले भने उनको करिअर उकास्ने आशा राखिएको छ। आरविके शरद निर्देशित चलचित्रकि मुख्य नायिका मध्येकी एक हुन् रागिनी।

चलचित्र शीशामापनि रागिनी लाई रियल लाइफमा जस्तै शीशामा पनि स्थापित हुन संघर्ष गरिरहेकी केटीको भूमिकामा देख्न पाइन्छ। ‘शीशा’मा उनलाई संघर्षरत मोडलको भूमिकामा देख्न सकिन्छ। निर्देशक शरदका अनुसार फिल्मको पात्र र रागिनीको यर्थाथ धेरै हदसम्म मेल खान्छ। वास्तविक जीवनसँग नजिक रहेको भूमिकाले उनको करिअरलाई कतिको फाइदा पुुग्नेछ, चलचित्र रिलिजपछि नै थाहा हुनेछ।

प्रेमकथामा आधारित ‘शीशा’मा रागिनीसँगै जीवन लुईँटेल, उमा बेबी, निर्मल सेञ्चुरी, शान्ति गिरी लगाएतका कलाकारको अभिनय रहेको छ। भारतका चर्चित फुटबरल भाइचुङ भूटियाको चलचित्रमा गेस्ट रोल रहेको छ।
‘जीन्दगी बग्ने पानी…’ बोलको गीतमा रागिनीले जीवनसँग जवानी साटेकी छिन्। हेर्नुस भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.