क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ सम्पन्न


काठमाडौं । लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको उक्त कार्यक्रममा नृत्य शिरोमणि भैरब बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । फाउन्डेसनका अध्यक्ष चन्द्रज्योति आलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य चेतन सापकोटा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, फाउन्डेसनका संस्थापक अध्यक्ष लंकमान रोका मगर, नेपाल मगर महिला संघको अध्यक्ष हिरु राना मगर, वरिष्ठ संगीतकार सिके रसाइली, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ संगीतकार दिपक जंगम, राजु सिंह, वरिष्ठ गीतकार विश्व बल्लभ, सुवासचन्द्र ढुंगेल, वरिष्ठ गायक खड्ग गर्बुजा लगायत गीत संगीत क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नृत्य शिरोमणि भैरवबहादुर थापालाई सम्मान गरिएको थियो ।

क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’मा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै फाउन्डेसनकी अध्यक्ष चन्द्रज्योति आलेले फाउन्डेसन सामाजिक सेवामा हिजोदेखि नै सक्रिय रहेको र यसपाली क्यान्सर रोगीहरुको सहयोगार्थ कार्यक्रम गर्न पाएकोमा गायिका तारा थापालाई हार्दिक आभार प्रकट गरेकी थिइन् । गायिका थापा ब्रेष्ट क्यान्सर जितेर आउनुभएको हुँदा उहाँलाई नै प्रतिनिधित्व गराएर स्वर्णिम साँझ गर्नु एकातिर गीतसंगीतको क्षेत्रको श्रीबृद्धिमा फाउन्डेसन सक्रिय रहनु हो अध्यक्ष आलेले बताइन् । उनले गायिका थापाको उर्जा देखेर अरु क्यान्सर रोगीहरुको पनि आत्मबल बढाउन सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा गायिका तारा थापाले १६वटा गीत प्रस्तुत गरेकी थिइन् । जसमा गायिका थापाकै शब्द, संगीतमा रहेको भागेर कहाँ हो जाने, चाँदनी शाहको शब्द र अम्बर गुरुङको संगीत रहेको मेरो मायाको संसार, मानबहादुर मुखियाको शब्द र गोपाल योन्जनको संगीतमा रहेको किनार भेट्न, नागेन्द्र थापाको शब्द र गोपाल योन्जनको संगीत रहेको तारी नदेउ माझीदाइ, नारायण कुमार आचार्यको शब्द र दिपक जंगमको संगीत रहेको हजार चोटी, सुरेन्द्र रानाको शब्द र राम थापाको संगीत रहेको सबैले दिने माया, श्रीपुरुष ढकालको शब्द र राम थापाको संगीत रहेको कुन बेला, प्रेमराजा महतको शब्द, संगीत रहेको सान्नानी हाँसन दिल खोलेर, सुबासचन्द्र ढुंगेलको शब्द र राम थापाको संगीत रहेको फूल झरे पनि काँडा झर्दैन, दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू बज्राचार्यको संगीत रहेको सयथरी बाजा एउटै ताल, महेन्द्र गुरुङको संकलनमा रहेको हे साहिलाँ, गोपाल योन्जनको शब्द संगीतमा रहेको खुट्टामा नेल परे पर्ला र काले पनि देखेँ मैले, छेत्र गुरुङको शब्द र गोपाल योन्जनको संगीतमा रहेको सोध रामलाई गीतहरु प्रस्तुत गरेकी थिइन् । साथमा सन्जोग लाफा मगरको शब्द र अजय थापा मगरको संगीत रहेको मगरभाषाको गीत र एउटा कौरा भाकाको गीत पनि प्रस्तुत गरेकी थिइन् । गायिका थापाले गीत प्रस्तुत गर्दै गर्दा दर्शकदीर्घाबाट वाहीवाही र वान्समोरको आवाज रोकिएको थिएन ।

कार्यक्रममा निर्देशक याम गुरुङ र नृत्याङ्गना रिना थापा मगरको समूहले गायिका थापाका गीतमा दुईवटा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा लाफा रुङ्ग फाउन्डेसनको तर्फबाट गायिका तारा थापालाई सम्मान गरिएको थियो । साथमा नेपाल मगर संघ, अथार मगरात कलाकार संघ, समसामयिक गायक समाजको तर्फबाट पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सुमन पण्डितले गरेका थिए । गायक देवराज आले, सागर आले, मनोज थापा र गायिका सरिता शाही, दिपा सुहाङ, अप्सु योगीले गायिका तारा थापालाई स्वरमा साथ दिएका थिए ।

कार्यक्रम गीतकार वसन्त वित्यासी थापाको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संगीत संयोजक अशोक कुमार राईको संयोजकत्वमा वाद्यवान समूह रहेको थियो । जसमा शिलाबहादुर मोक्तान (किबोर्ड), मनोहर सुनाम (भ्वाईलिन संयोजक), मोहनकृष्ण कार्की ढली (भ्वाईलिन), रविन कार्की ढली (भ्वाईलिन), किशोर कार्की ढली (भ्वाईलिन), केशव सुनाम (भ्वाईलिन), भरत नेपाली (सारङ्गी), गोपालदेव घतानी (बाँसुरी), धन बहादुर गुरुङ (बाँसुरी), भरत बुढाथोकी (ताल बादन संयोजक), नरेश प्रजापति (ताल बादन), पोषण घर्ती (ताल बादन), अनिल थापा (ताल बादन), रुपेश सिंह (प्याड ड्रम), देव राई (बेश गिटार), प्रभात लामा (रिदम गितार) रहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.