रोशनको निर्देशनमा ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक(भिडियो)


काठमाडौँ। गायक प्रताप दास र गायिका अन्नु चौधरीको स्वरमा रहेको ‘आदत’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा विद्यानन्द वेदर्दीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। सार्वजनिक भिडियोमा सम्राट दास, गीता ढुंगाना र सरीता ढुंगाना फिचर्ड छन्।

‘आरती’ वेब सिरीज समेत निर्देशन गरेका युवा निर्देशक रोशन दासको कथा र निर्देशनमा रहेको यस म्यूजिक भिडियोलाई नितेश घतानले छायाँकन गरेका हुन्।

कर्म लामा र बालकलाकारद्वय सम्मान चौलागाईं र सनिपा गिरीको विशेष प्रस्तुतिमा रहेको ‘आदत ‘मा न्यारेशन विशाल भट्टराईले गरेका हुन्।

सरोज पोखरेल युट्युब च्यानलबाट सार्वजनिक भएको ‘आदत’मा त्रिकोणात्मक प्रेम कथा देखाएको छ। यो गीत प्रेमिल मन भएका श्रोतालाई मन पराउने र सुनी रहने आदत बसाल्ने विश्वास निर्माण टिमको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.