कोलोराडो राज्यको डेनवर सहरमा नेपाल नेत्र ज्योति संघको शाखा


काठमाडौँ। अमेरिकाको कोलोराडो राज्यको डेनवर सहरमा नेपाल नेत्र ज्योति संघको शाखा खुलेको छ। अमेरिका भ्रमणमा रहेका नेपाल नेत्र ज्योति संघ केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चेत राज पन्त , संघका महासचिव भरत बहादुर चन्द, संघका कार्यकारी निर्देशक डा. शैलेस कुमार मिश्र , बोर्डका सचिव सबिता केसी, भरतपुर आँखा अस्पतालका पूर्व चिफ मेडिकल निर्देशक डा. संगीता प्रधान र भरतपुर आंखा अस्पताल का बर्तमान चिफ मेडिकल निर्देशक डा. पुस्पा गिरी श्रेष्ठ को उपस्थितिमा कोलोराडोका समाज सेवी तथा हेल्पिङ्ग ह्यान्ड्स हेल्थ एजुकेसन इन्टरनेसनलका अध्यक्ष नारायण श्रेष्ठको संयोजकत्वमा सद्स्य नबिन दत्त, नवराज श्रेष्ठ , गंगा चौलागाई, जगदिश ढकाल, अर्जुन बगाले. नीलम श्रेष्ठ , बसन्त लम्साल, कृष्ण थापा, चन्द्रमान गुरुङ्ग, सुरेश प्रधान, र सुरज भण्डारी रहने गरी तदर्थ समिती गठन गरीयको छ।

उक्त समीतीले नेत्रज्योती संघ केन्द्रको मापदण्डमा रहेर कोलोराडो संघ शाखाको समन्वय गरी नर्थ अ मेरिका भरी यसको शाखा खोल्न सकिने निर्णय पनि गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.