किरण केसीले जन्म दिनमा गरे कलाकार तथा पत्रकारलाइ सम्मान


काठमाडौं । वरिष्ठ हास्य कलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि केसीले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेका हुन् ।

केसीले आफ्ना स्व.हजुरबुबा-हजुरमुमा तथा स्व.बुबाआमाको सम्झनमा स्थापना गरेको नगद राशीसहितको सम्मान पत्रकार, लेखक तथा गीतकार गीता अधिकारीलई अर्पण गरेका हुन् । अधिकारीलाई वरिष्ठ कलारका मदनकृष्ण श्रेष्ठ र केसीले माला, खादा, सम्मान पत्र र पुरस्कार राशी अर्पण गर्नुभएको थियो ।
सो अवसरमा हास्यकलाकार नरेन्द्र कंस्कार, तैयव शाह, धनराम मुस्कान र नव हास्य कलाकारमा दिनेश काफ्ले एवम् सीता न्यौपाने, चरित्र खलनायक तर्फ राजकुमार साह, समाजसेवीतर्फ मेघबहादुर सुवेदी र ओमबहादुर केसीलाई सम्मान अर्पण गरिएको थियो ।

हास्यकलाकार केसीले असार १५ लाई कलाकारको भेटघाट गर्ने दिनको रूपमा मनाउदै आएका छन् ।