‘सिरसिर पिपल पातले’ मा मिस पवि र भुवन (भिडियो)


काठमाडौँ । मिस पवि अर्थात पवित्रा साखी र मोडल भुवन के पोखरेल अभिनीत लोक दोहोरी गीत ‘सिरसिर पिपल पातले’ सार्वजनिक भएको छ । भिडियोमा मिस पवि र भुवन प्रेमीप्रेमीकाको रूपमा प्रस्तुत भएका छन् ।

सुरेश परियार र सम्झना गुरुङको स्वर रहेको गीतको शब्द मनोहर भण्डारीले लेखेका हुन् । जय देवकोटाको एरेन्ज रहेको भिडियो गीतकार भण्डारीले नै निर्देशन गरेका हुन् ।

भिडियोकी मोडल मिस पवि टिकटकबाट उधाएर म्युजिक भिडियो हुँदै फिल्म सम्मको यात्रा गर्न सफल छिन् भने भुवन पछिल्लो समय ‘ख्याल ठट्टा’ नामक टेलिसिरियल अभिनयका कारण चर्चामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.