सिनेमा ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित


काठमाडौं । रुना इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने सिनेमाका लागि प्रियंकालाई हालै निर्माण पक्षले सम्झौता गरेको हो ।

सिनेमा युनिटले प्रियंकाको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर लुकमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ । निर्देशक बलामीले सत्य घटनामा आधारित हुने सिनेमामा महिलाको पीडा देखाइने बताए । असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । सिनेमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.