बाल कलाकारहरुको चलचित्रकी निर्मात्री पनि बालिका नै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बाल कलाकारहरुलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र ‘लक्की सेवेन’ को निर्मातामा पनि बालिकाको नाम नै रखिएको छ ८ बर्षीय बालिका जेनिशा बज्राचार्यको मुख्य लगानी भनेर उनका बाबुले उन लाई प्रस्तुत गरेका छन्। साउन ९ गते बाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘लक्की सेवेन’ जेनिशा बज्राचार्य र शिवानी बलामीले संयुक्त रुपमा निर्माण गरेका हुन्। दिनेश राज शर्माले निर्देशन गरेको चलचित्रमा बाल कलाकारहरुको बाहुल्यता रहेको छ। बाल कलाकारहरुले गर्दा दर्शकलाई हल सम्म तान्न सकिने निर्माण युनिटको आशा रहेको छ।
Jenisha-bajracharya
चलचित्रमा जय किशन बस्नेत,जेशिका खड्का,सुनिल थापा,शिवानी बलामीको मुख्य अभिनय रहेको छ। एक्सन प्रधान चलचित्रमा बाल कलाकार हरुको भूमिका लाई प्रमुख रुपमा देखाउन खोजिएको छ। बि.जी.फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको द्वन्द निर्देशन बाबु बलामीले गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.