सिनेमा ‘ईश्वर’को पहिलो गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक


काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने सिनेमा ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा सिनेमाका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा फिल्मका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ ।

राजु गिरी निर्देशित सिनेमामा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ । पछिल्लो पटक फिल्म ‘पसिना’मा देखिएकी नायिका अनु शाह ५ वर्ष पछि ‘ईश्वर’मार्फत अभिनयमा कमव्याक गरेकी छन् ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । सिनेमामा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.