सुशील पोखरेलले ‘बन्दी’ निर्माण गर्ने


काठमाडौं। ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शङ्कर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका चलचित्र निर्माण गरेका निर्माता सुशील पोखरेलले नयाँ चलचित्र घोषणा गरेका छन्।

उनले मङ्गलवार सामाजिक सञ्जालमार्फत ‘बन्दी’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरेका हुन्। उनले यो चलचित्रलाई ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारलाई निर्देशकिय जिम्मा लगाएका छन्। सुशील देवकोटाको लेखन रहने चलचित्रको हाल कथामा काम भइरहेको र केही महिनापछि छायाङ्कन सुरु गरिने बताइएको छ। चलचित्रका कलाकार तथा अन्य टिमको बारेमा अहिले कुनै जानकारी दिइएको छैन। कुनै समयका सक्रिय निर्माता पछिल्लो केहि बर्ष अलिक सुस्ताएका थिए,अब निरन्तर चलचित्र निर्माणमा लाग्ने पोखरेलले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.