ब्ल्याक ईन ब्युटी ट्रेलर सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सुदुर हैन सुन्दर पश्चिममा संभावना खोज्दै कैलाश युवा निर्देशक कैलाश न्यौपानेले तयार गर्दै गरेको डकुमेन्ट्री ‘ब्ल्याक ईन ब्युटी’ को फर्स्टलुक ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा नेपालको विकट मानिने सुदुर पश्चिमका बिभिन्न दृश्य तथा कला-संस्कृतीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। निर्देशक कैलाशको भाषामा पुर्णतः सुदुर पश्चिमको यथार्थतालाई समेटिएको भनिएको उक्त ‘डकुमेन्ट्री फिल्म’ले सबैमाझ पश्चिम नेपालका संभावना, समस्या र चुनौतीलाई परिचित गराउने छ।
sudur-paschim
सुदुर भन्दा पनि सुदुर पश्चिमको परिचय बोकेका पश्चिम नेपालका बिभिन्न जिल्ला तथा ठाउँहरुका परिवेशहरु ‘ब्ल्याक ईन ब्युटी’मा समावेश छन्, भने हालसम्म नेपालमा खासै चर्चामा नआएको ‘सोसियल टुरिज्म’को संभावनालाई पनि यो डकुमेन्ट्रीले दर्शाउनेछ । ‘ब्ल्याक ईन ब्युटी’ अहिले सम्पादनको क्रममा छ । श्रावणको दोस्रो हप्तासम्म सार्वजनिक गर्ने तयारी स्वरुप सम्पादनको काम चलिरहेको निर्देशक कैलाशले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.