नेपाल र भारतका सेन्सर बोर्ड सदस्य बीच छलफल


काठमाडौँ। नेपाल र भारतका फिल्म उद्योगका सेन्सर बोर्डका अधिकारी मुम्बईमा भेला भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिको ७ सदस्यीय टोली तथा चलचित्र विकास बोर्डका ६ सदस्यीय टोली सहित जम्मा १३ सदस्यीय भ्रमण टोली भारतको मुम्बई स्थित डा.देशमुख मार्ग , फिल्म डिभिजन कम्पेक्समा रहेको केन्द्रीय फिल्म प्रमाणन बोर्डको कार्यालयमा दुई देशका सेन्सर प्रमुखहरु सहितको टोलीले भ्रमण एवम् छलफल गरेको हो । साथमा चलचित्र बिकास बोर्डका अधिकारीहरुको समेत उपस्थिति थियोे । दुई देशक चलचित्र सम्बन्ध निकाय बिचको यो छलफल पहिलो रहेको केन्द्रीय चलचित्र जाँच समिती सदस्य ऋषिराज आचार्यले बताए।


कार्यक्रमको छलफलको क्रममा केन्द्रीय चलचित्र जाँच समिति नेपालको तर्फबाट संयोजक गजेन्द्र ठाकुरले केन्द्रीय फिल्म प्रमाणम बोर्डको संरचनात्मक ढांचाको साथै चलचित्र सेन्सर प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । त्यसको जवाफ केन्द्रीय फिल्म प्रमाणम बोर्डका अध्यक्ष प्रसुन जोशीले दिएका थिए । उनीहरुको अध्यक्ष राजनीतिक नियुक्ति हुने र प्रमुख कार्यकारी कर्मचारी रहने र केन्द्रीय सरकारले सदस्य नियुक्त गर्ने स्पष्ट पारेका थिए । बढीमा २३ जनाको सदस्य हुने बोर्डमा सदस्य नियुक्ति गर्दा सोसल साइन्स , शिक्षा , कानुन , आर्ट्स तथा फिल्म मेकिङ्ममा अध्ययन गरेकालाई प्राथमिकतामा राखिने बताएका थिए । साथै चलचित्र जाँच समिति सदस्य सचीव रमेश पाण्डेय , केन्द्रीय चलचित्र जाँच समिती सदस्य ऋषिराज आचार्यले त्यहाँ सेन्सर गर्दा प्रक्रिया के कस्तो हुन्छ र सेन्सरमा काटछाट गरेका कुराहरू सच्याउनको लागि कति समय दिइन्छ ? बिशेष गरि कस्ता कुराहरुमा कैँची चलाइन्छ भन्ने कुराहरुलाई प्राथमिकतामा राखेर जिज्ञासा राखेका थिए । साथै सेन्सर प्रक्रियामा राजनीतिक बिषयहरुलाई कसरी हेरिन्छ भन्ने लगायतका जिज्ञासा राखेका थिए बेला बेला हिन्दी चलचित्रमा बोलिएका संवादले नेपालीहरुको आन्तरिक सुरक्षामा समेत समस्या देखिएकोले चलचित्र सेन्सर गर्दा सुरक्षा संबेदनसिललाई बिशेष ध्यान दिन अनुरोध गरेका थिए ।

उनीहरुको जवाफमा केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डकि कार्यकारी प्रमुख स्मिता भाट शर्माले यस बारेमा आफु अत्यन्तै सचेत रहेको र यस्ता अन्तर्कियाले दुई देशका चलचित्रकर्मी तथा सेन्सर बोर्ड बीच सहजता उत्पन्न हुने हुँदा यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने बताएकी थिइन् । साथै फिल्म प्रमाणीकरको कार्यबिधी बारे अन्तर्क्रीया भएको थियो । उनीहरुले नेपाली चलचित्र सेन्सर गर्दा आवश्यक कागजात सहित अनलाइनबाट समय लिइ आफ्नो देशकै चलचित्रहरुले पाउने समय अनुरुप नै समय पाउन सकिने बताएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.