बुटवलमा मातृभाषी चलचित्रको निर्माण प्रवर्धन बजारीकरण बिषयक अन्तर्कृया कार्यक्रम


काठमाडौँ। ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को आयोजनमा बुटवलमा मातृभाषी चलचित्रको निर्माण प्रवर्धन बजारीकरण बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवर्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना, चलचित्र विकास बोर्डको सहयोग र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समितिको संयोजक ज्योतीराज राईले चलचित्र निर्माण गर्नु भन्दा अगाडी चलचित्र निर्माण गर्ने बिषय बस्तुमाथी निकै मेहनत गरेर गम्भीर भएर अध्ययन अनुसन्धान गर्नु पर्ने बताए । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’ का संयोजक राईले आदिवासी र जनजाती चलचित्रको प्रवर्द्दनको लागी समिती गठन भैसकेकोले अबका दिन हरुमा आदिवासी जनजाती चलचित्रहरुको प्रवर्द्दन र बजारीकरण सहज हुने दावी गरे । अब आदिवासी जनजाती चलचित्रहरु फेस्टिवल र च्यारिटीमा मात्र सिमित नभएर अन्य चलचित्रहरु सँगपनी प्रतिस्पर्धामा जाने भएका ले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीहरुको भावनामा ठेस लाग्ने,उनिहरुको भाषा कला,साहित्य र संस्कृतिमा आच आउने कुरामा ध्यान दिन जोड दिए । चलचित्र मार्फत अब आउने नयाँ पुस्तालाई हाम्रो संस्कृति हरु सिकाउने भएकाले पनि चलचित्र निर्माण गर्दा गम्भीर हुनुपर्नेमा जोड दिए ।

कर्यक्रमका प्रमुख अतिथी आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मुलवासी भएकाले हाम्रो भाषानै नेपालको मुल भाषा भएकाले मुल भाषामा बनेका चलचित्रहरुलाई विश्व बजारमा पुर्याउने काम महासंघको भएको जिकिर गरे । कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवर्द्दनमा बिशेष योगदान पुर्याउने मेजन पुन मगर , धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रमका अर्का वक्त्ता कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरुको भाषा संस्कृति लाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरुले बजार पाउन नसकेको बताए ।

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षता तथा अमर लामाको संचालनमा भएको कार्यक्रममा मगर चलचित्रकर्मी संघ केन्द्रीय अध्यक्ष भिम मास्की रानामगर, आदिवासी जनजाति मातृभाषी चलचित्र पर्बद्र्धन समितिका सदस्य एवम् चलचित्रकर्मी विश्वास आलेमगर, आदिवासी जनजाति चलचित्र महासंघ, लुम्बिनी प्रदेश समिति अध्यक्ष श्याम थापामगर, मगर चलचित्रकर्मी संघ, रुपन्देही जिल्ला अध्यक्ष टीका आलेमगर, प्राज्ञ एवम् मूर्तिकार यमबहादुर थापामगर, चित्रकार सुमित्रा राना, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारुमगर, संघका केन्द्रीय समिति अनुशासन विभाग सदस्य उमेश थापा लाटोमगर, संघकै लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष तारा पुनमगर, नेपाल मगर महिला संघ, लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, मगर महिला संघ, रुपन्देही जिल्ला समिति अध्यक्ष निर्मला थापामगर, थारु कल्याणकारिणी सभा, रुपन्देही जिल्ला अध्यक्ष कमल चौधरी, मगर चलचित्रकर्मी संघका पूर्व सचिव एवम् अभियन्ता शंकर गाहामगर, अभिनेत्री विना थापामगर, मरीना बलालमगर, मनोज थापा श्रीसमगर, सूर्यबहादुर श्रीसमगर, नन्दा बुढामगर, फिल्मकर्मीहरू केशरजङ्ग थापामगर, वसन्त सिंजालीमगर, लेखक साहित्यकारहरू दुर्गा थापामगर, जयन्ती मगर सरगम, लगायतले अन्तर्कृयामा भाग लिएका थिए ।