सिनेमा ‘ईश्वर’ को ट्रेलर सार्वजनिक


काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा ‘ईश्वर’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान गरेको बुझ्न सकिन्छ । साउन ११ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकार फिचर्ड छन् ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा हरिबहादुर थापाको निर्माण छ । सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।

सिनेमामा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । सिनेमामा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको वितरणको आरआर फिल्मसले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.