‘ऊनको स्वीटर’ को छायांकन पाँचथरबाट सुरू


काठमाडौँ। म्युजिकल फिल्मबाट मन जितिरहेको आर्टमाण्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ को छायांकन सुरू गरिएको छ। आइतबार पाँचथरको साधुटारमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको निर्देशक नवीन चौहानले बताए।

उनका अनुसार फिल्मको छायांकन सेड्यूल ३५ दिन तय गरिएको छ। पाँचथरका विभिन्न स्थानमा सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले फिल्मलाई खिच्नेछन्।

फिल्ममा विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। त्यस्तै, एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरूङ, सुरज तमू, मिलन खत्री, अरूण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मको कथा निर्देशक चौहानले नै लेखेका हुन् भने सह–लेखन सुरज कटुवालले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.