आरुष मगरको निर्देशनमा नाटक ‘पूर्णविराम’ मन्चन हुने


काठमाडौँ। सर्वनामको प्रस्तुतीमा नाटक ‘पूर्णविराम’ मन्चन हुने भएको छ। आरुष मगरको परिकल्पना तथा निर्देशनमा मन्चन हुने नाटकको लेखक सुरज पराजुली हुन्। नाटकमा सगुन तामाङ, मनोज महर्जन, समाइरा श्रेष्ठ, मुकेश हमाल, मोनिका थापा, मिना पुर्निमा, सन्तोष लामा बोन्बो, धिरज थापा मगर, भूमिका थारू, तिलक विध्यक, बसन्त बहादुर खड्का, वाइ. यस. पौडेल, सरस्वती दाहाल, युवराज थापा मगर लगाएतको अभिनय रहनेछ । नाटक ‘पूर्णविराम’ मा सेट डिजाइनर रसिक राज कस्ट्युम डिजाइनर शितल थोकर रहेका छन्।

निर्देशक आरुष मगरको अनुसार नाटक ‘पूर्णविराम’ आफैँमा एउटा खुला प्रश्न हो । बढ्दो पर्यावरणीय परिवर्तनले हामीलाई भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका प्रश्नको उत्तर नाटकले दिने प्रयास गरेको निर्देशकले बताए । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न कुन तहसम्मको कठिनाइ भोग्नुपर्छ भने कुरा नाटकमा प्रस्तुत गरिएको र मनोरञ्जनात्मक तथा वैचारिक पक्षलाई सुक्ष्म रूपले केलाइएको नाटकले दर्शकको मस्तिष्कमा विभिन्न प्रश्नको छाप छोड्ने निर्माण टिमको विश्वास रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.