सिङ्गगककाे ‘नरुनु तिमी’ गीतकाे भिडियो सार्वजनिक


काठमाडौँ । गायिका सीता सिङ्गक लिम्बूको नयाँ गीत ‘नरुनु तिमी’काे भिडियो सार्वजनिक गरिएको छ । आफ्ना दिवङ्गत दाजु जोन सुब्बा (भक्ति सिंगक) को शब्द रचना रहेको गीत उनले रेकर्ड गराएकी हुन् ।

एकान्त आङदेम्बेको संगीत रहेको गीतमा सिङ्गककै अभिनय रहेको छ । हाङ चेम्जोङको निर्देशनमा बनेको भिडियाेमा युवराज राई (बीर बहादुर) को छायांकन, रीतु वनेम (मिङसारा) को मेकअप ,राजु कार्कीको संगीत संयोजनमा रहेको छ ।

१२ वर्षअघि निधन भएका स्व. सिङ्गकले गीतलाई डायरीमा राखेका थिए । अभिनयमा समेत रुचि राख्ने उनले आफ्ना बहिनी सीतासँग यहीँ गीतमा काम गर्ने याेजना बनाएको कारण गीत सार्वजनिक गरिएको दिदी लीला सिङ्गकले जनाइन् । भिडियो फेदापहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.