आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृति चलचित्र ‘शिरफूल’ ट्रेलर सार्वजनिक


काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। असार ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए ।

चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ। राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।

चलचित्रका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन्। चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ। चलचित्रलाइ आरआर फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ।