तेरिया लुम्बिनी वालिका शान्ति दूत नियुक्त


(सेलिब्रेटी नेपाल) लुम्बिनी
डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगर लाई “लुम्बिनी वालिका शान्ति दूत” नियुक्त गरिएको छ। लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शान्ति दुतको सम्मान गर्दै तेरिया मगरले नेपालको नाम विश्वमा चिनाउने काम गरेको बताए।
Teria-Magar
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अस्ट्रेलियाबाट कार्यक्रमलाई सम्बोधन गर्दै बिलक्षण प्रतिभा एबं बेजोड जादुमय विस्व स्तरीय नृत्य कलाका कारण ११ बर्षीया तेरिया मगरले झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको यस क्षेत्रबाट चुनौतिपूर्ण डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकीले अभियानले सम्मान स्वरुप तेरियालाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको लुम्बिनी वालिका शान्ति दूत को रुपमा नियुक्त गर्ने निर्णय गरेको बताए।

नेपाली मुलका विभिन्न प्रतिभाहरुले भारतका चर्चित रियालिटी शोका उपाधी जितेका छन्। तर, तेरिया यस्तो ठूलो उपाधी जित्ने पहिलो नेपाली चेली हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.