लंकाले चन्द्रावतीलाई एक हप्ता पर धकेल्यो



सेलेब्रिटी नेपाल मंगसिर ६-नेपाली चलचित्र हरु रिलिज मिति तय भयर पर सर्नु कुनै नौलो कुरा होइन। पछिल्लो समय मा जति चलचित्र हरु रिलिज भय प्राय सबै मिति सारेर भय का छन्। चलचित्र लंका पनि एक साता मिति सारेर रिलिज भयको हो। अहिले लंका ले राम्रो व्यापार गरेर हल ओभर कायम राख्न सफल भयको ले चलचित्र चन्द्रावती को रिलिज मिति पनि एक हप्ता पर सर्ने भयको छ। लंका दोस्रो सातामा पुगे पछि मंसिर ८ गते रिलिज हुने भनिएको चलचित्र चन्द्रावती मंसिर १५ गतेका लागि सरेको छ । अब मंसिर १५ गते चन्द्रावती मेरो जीवन साथीसँग भिड्नु पर्ने हुन्छ । यस्तै मंसिर १५ गते क्यू सिस्टमबाट नै रिलिज हुने भनिएको चलचित्र भूल भए माफ गर छनोट प्रक्रियाबाट मंसिर २२मा रिलिज हुने फिल्म थ्री लभर्स पछि रिलिज हुनेछ । दुबै फिल्मका निर्देशक सुरेश दर्पण पोखरेल भएकाले यि दुई फिल्मको रिलिज सिस्टममा तालमेल मिलाईएको हो ।बाहिरी च्यानलबाट भने आगामी शुक्रबार चलचित्र एटिएमरिलिज हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.