‘जन्ते बाख्रो’को मुख्य भुमिकामा सौगात मल्ल अनुबन्धित


काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । सिनेमाको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन ।

मंगलबार सिनेमाको निर्माण टिमले ‘जन्ते बाख्रो’ मुख्य भुमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको छ । यो सिनेमामा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरुले ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा एकसाथ काम गरेका थिए ।

आगामी भदौबाट छायांकन गरिने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानीरहनेछ ।