चलचित्र महोत्सवमा अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी सम्मानित


काठमाडौंँ । अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव २०८१’को अन्तिम दिन एक विशेष कार्यक्रमकाबीच सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै ‘विशेष योगदान सम्मान २०८१’ दिइएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष तथा निर्माता राजकुमार, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नविन सुब्बा, निर्माता छबिराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार निर्देशक रमेश बुढाथोकी, रंगपत्रकार प्रकाश सुवेदीलाई पनि ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधान लगायतले सम्मानित सबैलाई दोसल्ला, खादा सहित प्रमाण पत्रले सम्मान गरे ।

सोही अवसरमा बरिष्ठ कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीभमेन्ट सम्मान २०८१’ प्रदान गरिएको थियो । चलचित्रकर्मी कुबेर शर्मा, चिरञ्जिवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुईटेल, विरेन्द्र झा, विपिन प्रसाई, सुवास मेचे, प्रेम देवान लगायतले ‘प्रादेशिक सम्मान’ प्राप्त गरे ।

कोशी प्रदेशमा चलचित्रको गतिबिधि बढाउदै त्यहाँ बनेको चलचित्रको प्रवन्र्धन गर्ने उदेश्यले आयोजित महोत्सवमा ४४ छोटो तथा फिचर गरेर ४४ फिल्मको सहभागीता थियो । प्रदेशमै पहिलो पटक आयोजना भएको महोत्सव भएकोले सहभागी सबै फिल्मकर्मीलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले कोशी प्रदेशलाई चिनाउन चलचित्र महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले चलचित्र महोत्सवलाई आगामी दिन पनि निरन्तरता दिनुपर्ने धारण राखे ।

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेसँगै सुरु भएको महोत्सवमा कोशी प्रदेशमा चलचित्र निर्माण, विश्वबजारमा नेपाली चलचित्र, नेपाली चलचित्रमा महिला भन्ने बिषयमा दिनेश डिसी, नवल खड्का, नविन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठ लगायत बक्ता रहेको अन्तक्र्रिया समेत आयोजना भएको थियो ।

६ दिन कोशी प्रदेशका बिभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिएको महोत्सव कोशी प्रदेशलाई चलचित्र हव बनाउने र यहाँका चलचित्रको प्रचार प्रसार गर्दै चलचित्रकर्मीलाई प्रोत्सान गर्ने उदेश्यले आयोजना गरिएको आयोजक चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानले बताए । आगामी दिनमा पनि यस्ता महोत्सव निरन्तर आयोजना गर्दै जाने उनले सुनाए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.