सिनेमा ‘सानो संसार’ को शुभमुहूर्त सम्पन्न


काठमाडौँ। अर्जुन कुमारको लगानीमा पुनः ‘सानो संसार’ नाममा सिनेमा निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमाकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी हुन् ।

सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माता अर्जुन कुमारले बताए । सिनेमामा सम्पुर्ण नयाँ कलाकारलाई लिएर आफुे काम गरेको र एक पटक सवै नयाँ नै हुने भएकाले आफुले प्रोहत्सान गरेको उनले बताए । १६ वर्ष अगाडी यही नाममा स्वर्गिय आलोक नेम्वाङले निर्माण गरेको सिनेमासँग कुनैपनि सम्बन्ध नरहेको बताए ।

सिद्धार्थले यही सिनेमाबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । शुभमुहूर्तसँगै सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो सिनेमाका आगामी दशैंको घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनमा आउने छ ।