अभय निर्देशित ‘अर्ध पागल’ को ट्रेलर सार्वजनिक


काठमाडौँ। अभय राज बराल निर्देशित चलचित्र ‘अर्ध पागल’ को ट्रेलर सार्वजनिक गरिएको छ । दुइ जना मिल्ने साथीहरु काठमाडौँ देखी लमजुङ्ग घले गाउँ सम्मको यात्रामा निस्कंदै गर्दा उनिहरु बीच आ-आफ्नो प्रेमिकालाई लिएर गरिएको मानसिक र शारीरिक द्वन्दलाई ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा अभय राज बराल र प्रकाश भुजेल मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा ममता लामिछाने,सोबिता अधिकारी,हिना कोइराला,संगीता राई,दिक्षा ढकाल लगाएतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रलाई पूर्ण व्यवसायिक रुपमा सिनेमा घरमा प्रदर्शन गर्ने भन्दा पनि बिभिन्न रास्ट्रीय तथा अन्तररास्ट्रीय फिल्म फेस्टिभलमा सहभागी गराउने उदेश्य रहेको निर्देशक बरालले बताए ।

समर्पण रेग्मीले छायांकन गरेको चलचित्रका क्रियटिभ निर्देशक सौरभ ढकाल हुन् । चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.