गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को प्रिमियर


काठमाडौँ। आशिमाला फिल्मसको प्रस्तुतीमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को भब्य प्रिमियर गरिएको छ। गंगवुमा रहेको इन्फिनिटी हलमा आयोजित शोमा चलचित्र हेर्नेको उपस्थिति बाक्लो थियो।

मन बहादुर गुरुङको कथामा बनेको चलचित्रको निर्देशन जनक गुरुङले गरेका हुन्। दिप गुरुङको कोरियोग्राफी रहेको भिडियोको छायाँकन खेम बहादुर थापाले गरेका हुन् भने सम्पादन मेक बहादुर थापाले गरेका छन्। चलचित्र ‘उज्यालो’मा अमिर गुरुङ,तलिषा गुरुङ,मन्जु गुरुङ,आशिष गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्र हेर्ने हरुले चलचित्रले उठाएको बिषय बस्तुको तारिफ गरेका छन्। चलचित्रमा अभिनय गर्ने कलाकारहरुलो पनि आफ्नो भूमिकामा उत्कृस्ट काम गरेको प्रतिक्रिया पाएका छन्। गुरुङ र कला र संस्कृतिमा बनेको चलचित्र अब बिभिन्न स्थानमा बिसेष शोहरु गरिने निर्माण टिमले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.