‘पुजार सार्की’ लुक्स, पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर


काठमाडौं। चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन्।

मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन्। पल र प्रहरी मुठभेड देखिएको छ। पक्राउ गर्न खोजिरहेको देखिन्छ। यो तस्बिरबाट ‘पुजार सार्की’को कथा वर्तमान समयसम्म आइपुगेको अनुमान गर्न सकिन्छ। पलको फोटोलाई उनका फ्यानहरूले उत्सुकताका साथ प्रतिक्रिया दिइरहेका छन्।

फोटो सार्वजनिक गर्दै पलले लेखेका छन्, “चलचित्र ‘पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ। मेरो करिअरमा महत्त्वपूर्ण चलचित्र “पुजार सार्की” साबित हुनेमा म ढुक्क छु। मैले केही दिन अगाडी पनि भनेको थिएँ की म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन। मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।”

उनले लेखेका छन्, “आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ।”

उनले “जेठ १० गते, यही बिहीबार, बुद्ध जयन्तीको दिन देखि हल हलमा नै भेटौँ है” भन्दै हलमा दर्शकलाई आह्वान गरेका छन्। अन्त्यमा पलले आफूलाई ‘पुजार सार्की’को पात्र मेघराज खत्रीको रूपमा चिनाएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.