दिनेशको ‘आखुम आखुम’ सार्वजनिक(भिडियो)


काठमाडौँ। दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम लिम्बूकै शव्द तथा संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत ‘आखुम आखुम’ को म्युजिक भिडियो संगम लिम्बू अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सविन लिम्बूको संगीत संयोजन रहेको गीत रोमान्टिक भावमा बनेको छ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।