डाक्टर स्मृति शाक्यको गीतमा आकाश र करुणा (भिडियो)


काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेको ‘मैले माया लाएको धोका दिन होइन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डाक्टर अजयक्रान्ति शाक्यको शव्द रचना तथा संगीत रहेको उक्त गीतको भिडियोमा युवा पुस्ताका ढुकढुकी नै बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बुलन्द अभिनय रहेको छ। साथमा गायिका डाक्टर शाक्यको समेत मनछुने गायनको साथमा अभिनय छ । निर्देशन नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देवकुमार श्रेष्ठले गरेका हुन् ।

डाक्टर शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्यनन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर र चाहनाको विषयमा समय दिन नसकेकी डाक्टर शाक्यको गायनमा भने हालै तीनवटा गीत रेकर्ड भएको छ। भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्।

त्यस मध्येको गीत मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन बोलको मनछुने गीतको म्युजिक भिडियोको निर्माण भएर सार्वजनिक भएको हो। मुटुरोग विशेषज्ञ डाक्टर शाक्य आफै पनि फिचरिङ भएको गीतको भिडियोमा अभिनय गर्न पाउंदा व्यापक कौतुहलता र उत्सुकता लागेको डा. शाक्यले बताईन । यस्तै विशेषज्ञ डाक्टरले गाएको एउटा मन्त्रमुग्ध गीत संगीतमा अभिनय गर्दा आफू पनि खशी भएको र उहाँहरुको टीमसँग काम गर्न पाउँदा गौरबता लागेको नायक आकाश श्रेष्ठले बताएका छन्।

डाक्टर अजयक्रान्ति शाक्यको शव्द तथा संगीत रहेको डाक्टर शाक्यको स्वर रहेको बोलको गीत छायाँकनको क्रममा रहेको डाक्टर शाक्यले बताइन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.